श्री स्वस्थानी व्रत कथा
श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।।
ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम स् ।।१।।
श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
कुमारजी आज्ञा गर्नुहुन्छ । हे १ अगस्त्य मुनि
सतीदेवीले यज्ञमा फाल हानी प्राण छोडेको देखेर त्यहाँ भएका सबैले आश्चर्य मानी ओहो कस्तो अनर्थ हुन गयो । अब के हुने हो भन्न लागे । त्यसपछि अकस्मात धुलो उडी आकाश ढाक्न लाग्यो । आँधीवेह्री आई चारैतिर अन्धकार भयो र विनाबादल नै मेघ गर्जन लाग्यो । सबैका आँखामा धुलो पर्न गयो र कति भूइँमा घोप्टो परे । कसैलाई आँधीले उडाइ लगे । कति रुन कराउन लागे त कति आफ्नै सम्हारमा लागे । यस्तो महाउत्पात भएको देखी मन धैर्य गराएका दक्षप्रजापतिले “ डराउनु पर्दैन । सबैले धैर्य राख ।” भनी आफ्ना सबै पाहुना र गुरु पुरोहितहरुलाई सम्झाईबुझाई आफ्ना गुरु बृहस्पतिसित बिन्ती गरे स्–“ हे गुरुदेव १ अकस्मात यस्तो के अनर्थ हुन गयो रु हाहाकार मच्चियो अब कसो गरुँ ”
हे अगस्त्य मुनि त्यसैबेला नारद ऋषिले पनि सतीदेवी अग्नीकुण्डमा प्रवेश गरी देह त्यागेको देखी वायु वेगले कैलाशमा पुगी श्री महादेवका चरणमा शाष्टाङ्ग दण्डवत गरी उठेर हात जोडी भन्न लाग्नुभयो स्– “हे जगदीश्वर हे करुणामय पापिष्ठ दक्षप्रजापतिले नाना तरहले हजूरको निन्दा गरी ‘त्यो कहाँको देवता हो र त्यो ता बौलाहा हो । त्यसलाई मेरा यज्ञमा नडाके मलाई के होला रु’ भनेको सुनी हजूरकी प्राणप्रिया सतीदेवीले सहन गर्न नसकी अत्यन्त क्रोध गरी लात्ताले भूइँमा हानी , कसैको मुख पनि नहेरी , यज्ञलाई प्रदक्षिणा गरी बारम्बार हजूरको नाम लिँदै यज्ञकुण्डमा फाल हाली प्राण त्याग गर्नुभयो । हे ईश्वर हजूरका भयले अग्नीले जगदीश्वरी सतीदेवीको शरीरलाई दग्ध गर्न सकेका छैनन् । वहाँ अहिले प्राण मात्र छोडी शयन गरेझैं यज्ञकुण्डमा नै रहनु भएको छ । हे ईश्वर यही कुरा विन्ती विसाउनका निम्ति सरासर आउँदैछु । ”
नारदजीले भनेका कुरा सुनेपछि श्री महादवजीबाट आज्ञा भयो स्–“ हे नारद मुनि के मेरी प्राणप्रिया सतीदेवीले अग्नी प्रवेश गरी प्राण छोडेको सत्य हो रु ” श्री महादेवजीको यस्तो आज्ञा सुनी नारदजीले फेरि भन्नुभयो स्–“ हे जगतका पति १ हे महेश्वर हजूरका अगाडि म कसरी असत्य बोल्न सकुँला रु कुरा सत्य हुन् । नभए हजूरले ध्यानदृष्टिद्वारा हेरिबक्सियोस् ।” नारदजीका यी कुरा सुनेपछि दक्षप्रजापतिदेखि उठेका रिसले तीनै नेत्रबाट अग्नीज्वाला निकाली , दाह्रा किट्दै , हात मुठ्ठी पार्दै भन्नुभयो स्–“ हे नारद बेलैमा यो कुरा सुनायौ , राम्रो भयो । तेत्तीसकोटी देवताले रक्षा गरिएको त्यो पापिष्ठको अब म निर्मूल नपारी छोड्दिन । तिमी आफ्ना आश्रममा जाऊ ।” भनी नारदजीलाई बिदा दिनुभयो । नादजी पनि श्री महादेवमा शाष्टाङ्ग दण्डवत विन्ती चढाई बिदा भएर व्रम्हलोकतर्फ लागे ।
त्यसपछि सतीदेवीका विरहले व्याकुल भएका श्री महादेवले अत्यन्त क्रोधित भई आफ्ना शिरबाट एउटा जटा उखेली जसै पृथ्वीमा पछार्नुभयो त्यसबाट मेघ गर्जे झैं ठूलो भयानक शब्द गरी कराएर चौंसठ्ठी यागिनी भूतप्रेत प्रमथगण सहित महाकाली उत्पत्ति भइन् ।
ती कस्ती थिइन् भने डरलाग्दा आँखाबाट अग्नीका ज्वाला जस्तो तेज निकालेकी , लामालामा दाह्रा र बङ्गारा भएकी , आकाश जत्रो पेट भएकी , कम्मरमा बाघको छाला बेष्टित गरेकी , केश फिँजिएकी , हातमा खड्ग लिएकी , लब्लबाउँदो जिब्रो निकाल्दै कहिल्यै हाँस्ने र जिब्रो चलाउने त्यस्ती महाकाली श्री महादेवजीका अगाडि खडा भई र “ मलाई के कामले आराधना गर्नुभयो रु आज्ञा गर्नुहोस्” भनेर कठोर स्वरमा भन्दि भइन् । त्यसपछि फेरि पनि श्री महादेवजीले अर्को एक जटा उखेलेर भूइँमा पछार्नुभयो । जसबाट धर्ती नै डोलायमान हुने गरी सिँह झैं गर्जी हजार सूर्यको जस्तो तेज भएका , नरमुण्डको माला लगाएका , दाहिने हातमा त्रिशूल लिएका , भीममूर्ति भएका श्री वीरभद्रले श्री महादेवजीका अगाडि आएर विन्ती गरे “ हे भगवन १ किन हाम्रो आराधना गर्नु भो रु आज्ञा गर्नुहोस् ।”
श्री महादेवजीबाट आज्ञा भयो “ हे महाकाली १ हे वीरभद्र १ तिमीहरु गएर तेत्तीकोटी देवताद्वारा रक्षा गरिएको पापिष्ठ दक्षप्रजापतिको यज्ञलाई ध्वंश गरी दक्षको संहार र तेत्तीसकोटी देवताहरुलाई समेत नाश गरी आओ । यसै कारण मैले तिमीहरुलाई आराधना गरेको हुँ ।” श्री महादेवजीको आज्ञा सुनेका महाकाली र वीरभद्रले नन्दी , भृङ्गी , विषमज्वर , चतुर्षष्ठी योगिनी , भूत , प्रेत , पिशाचसहित भै मेघ गर्जिए झैं गर्जी , पृथ्वी डोलायमान गराउँदै , यमराज नै आए झैं गरी अति क्रोधले युक्त हुँदै कैलाशबाट कनखलका निम्ति प्रस्थान गरे ।
तिनीहरुको गर्जनाले गर्दा पृथिवीलाई थाम्न साह्रै गाह्रो भयो र डोलायमान भइन् । सात समुन्द्र कम्पायमान भयो । जलचर , स्थलचर , यावत प्राणीहरु त्राहीत्राही हुन गए । उता दक्षप्रजापतिका यज्ञमा पनि अनेकौं उत्पात हुन लागे । ठूलो आँधी वेह्री आई धुलो उडेर अन्धकार छायो । मण्डलाकार गरी कराउँदै उड्न लागेका गिद्ध र कागले आकाश ढाकियो । दुबै आँखा र मुखबाट अलच्छिन दृष्टि र शब्द निकाल्दै कराउँदै स्यालहरु हिँड्न थाले । आकाशबाट रक्त वृष्टि हुनुका साथै बायुदेव पनि उल्टो दिशाबाट बग्न थाले । कहिल्यै नदेखेको र नभोगेको यस्तो उत्पात देखेर यज्ञका वरिपरि रहेकाहरु सबै हाहाकार गरी रोईकराई चारैतिर भाग्न थाले । केटाकेटी , बूढाबूढी , रोगी र गर्भिणीहरु भाग्न नसकी भूँइँमा घोप्टो परी रुन र कराउन थाले । यस्तो महाउत्पात देखी देवताहरु पनि आश्चर्यमा परी त्राहीत्राही भइरहे । त्यसैबेला गणले सहित भएका महाकाली र वीरभद्र पनि मेघ गर्जे झैं गर्जी हात्तीका वथानमा सिँह पुगे जसरी दक्षप्रजापतिका यज्ञमा पुग्दा भए । तहाँ उप्रान्त यज्ञमा रहेका देवता , यक्ष , गन्धर्व , किन्नर , दैत्य र नागहरुसँग शिवगणको महासङ्ग्राम सुरु भयो ।
हे अगस्त्य मुनि त्यो देखेर यज्ञमा रहेका दक्षप्रजापतिका छोरीहरु , देवकन्याहरु , अप्सराहरु , ऋषिहरु , व्राम्हणहरु , गुरुपुरोहितहरु र वालवालिकाहरु तथा आशामुखीहरु “ हे नारायण हे भगवान बचाऊ बचाऊ” भन्ने ठूला शब्दले रुँदै कराउँदै दशै दिशामा ठेलिँदै र मिचिँदै भागाभाग गर्न थाले । भाग्न नसकेकाहरु त्यहीँ नै लडेर मुण्टो जोतेर कष्टमा परिरहे , कसैका खुट्टा मर्किए । कत्ति आत्तिएर मूर्छा परे ।
यस्तो भयानक स्थिति देखेपछि विष्णु , प्रभृत्ति , तेत्तीसकोटी देवता , यक्ष , गन्धर्व , किन्नर , दैत्य र नाग आदिले दक्षप्रजापतिको रक्षामा निम्ति आ–आफ्ना शस्त्राश्त्रद्वारा महाकाली र वीरभद्रमाथि प्रहार गर्न थाले । दुबैतर्फबट हुँदै गरेको यो घनघोर युद्धका योद्धाहरुले परस्परमा सिँहनाद गर्न लगे । इन्द्रादि तेत्तीसकोटी देवताहरुले गणसहित आइलागेका महाकाली र वीरभद्रमाथि अनेकौं शस्त्राश्त्र क्षेपण गरे । ती शस्त्राश्त्रमा व्रम्हास्त्र , इन्द्रास्त्र , वारुणस्त्र , अग्न्यास्त्र , तोमर , भिन्दिछठाल , गदा , खड्ग , मुसल , नागपास आदि थिए ।
यस्ता सश्त्राश्त्रहरुद्वारा आफूहरुलाई प्रहार गरेको देखी वीरभद्रका गणहरुले पनि दक्षप्रजापतिका फौजमाथि पसेर ठूलो गर्जना गरी कत्तिका टाउको निमोठी दिए , कत्तिका हात भाँचिदिए , कत्तिका खुट्टा भाँचिदिए , कत्तिलाई मुड्कीले हानी रगत छदाई कपाल उखेली वैरी पक्षलाई हाहाकार पारिदिए । महाकालीले पनि कालजस्तै खड्ग हातमा लिई राताराता आँखा गरी , वर्षाकालमा मेघ गर्जिए झैं गर्जी लामालामा सुस्केरा हाली , मृगका झूण्डमा एक्लो सिँह अथवा पराल वा कपासको राशमा आगो लागे झैं एकैछिनमा वैरी पक्षका धेरैका संहार गरिन् ।
फेरि आफूमाथि शस्त्राश्त्रको वर्षा गराएको देखेर क्रोधले आकूल भएका वीरभद्रले पनि नन्दी , भृङ्गी , चतुर्षष्ठी योगिनी , भूत , प्रेत , पिशाच , पार्थगणसहित भएर शत्रुवर्गमध्ये कसैको शिर छुट्याए । कसैको हातपाउ छुट्याए । कसैको रगत चूसे त कसैका त मांश भक्षण नै गरे । यसपछि रगतले मातेका छँदा कोही नाच्न , कोही हाँस्न र दगुर्न लागे । यसरी देवता र दक्षप्रजापतिका सेनाको निकै संहार भयो ।
उताबाट यक्ष , गन्धर्व , किन्नर , दैत्य , नाग र दक्षसेनाले छाडेका अश्त्रहरु महाकालीमाथि पर्नासाथ डढेर भष्म भैजान्थे । महाकाली , चतुर्षाष्ठी योगिनी , भूत , प्रेत , पिशाच , पार्थगण आदि एकातिर दक्षसेनासित लड्दै थिए भने अर्कातिर शिवगण मध्येका एक गण विषमज्वरले शत्रुपक्षका सबैका शरीरमा प्रवेश गरी निश्चेष्ट गराए । तब आफ्नापट्टिका सबैको अचेष्टा भएको देखी वैकुण्ठनाथ विष्णुले आफ्ना शरीरबाट शीतज्वरोको उत्पत्ति गर्नुभई सबैलाई होशमा ल्याउनुभयो । यसपछि नाना शस्त्राश्त्र लिई वीरभद्रमाथि जाइलाग्नुभयो । वीरभद्रले पनि सिँह झैं गर्जिएर त्रिशूल उठाई सुकेका खरमा आगो लागे झैं दक्षप्रजापतिका कोटीकोटी सेनाहरु एकै क्षणमा नाश गरिदिए ।
कसैका शिर थिएनन् , कसैका गोडा थिएनन् , कोही लडिबुडि गर्दै थिए , कोही छट्पटाइ रहेका थिए , कोही पानी १ पानी १ भन्दै हप्याक हप्याक भइरहेका थिए , जहाँ हेर्ये त्यहीँ रक्तका नाला बगिरहेका थिए , कोही रक्षा गर भन्दै थिए ,कोही भाग्दै थिए , कोही भाग्न नसकी भूइँमा पछारिँदै थिए । वीरभद्रद्वारा यस्ता प्रकारले यज्ञ विध्वंश गरी भेटे जत्तिलाई समात्दै यज्ञमा होम्दै गरेको देखी भगवान विष्णुले अत्यन्तै क्रोधित हुँदै लाललाल नेत्र गरी नागले झैं सुस्केरा हाली , अग्नीको ज्वालाजस्तो रुप लिई , दाहिने हातले कौमोदकी गदा उठाई , बायाँहातले पाञ्चजन्य शंख बजाई संहारकालका महारुद्र झैं भएर वीरभद्रका सेनामाथि जाइलागे ।
यो देखेर सहारा पाई आत्मबल मिलेका देवता , यक्ष , गन्धर्व , किन्नर , दैत्य , नाग र दक्षप्रजापतिका सेनाहरुले “ धन्य धन्य विष्णु १ तपाईंको जयजय होस् । ” भनी आ–आफ्ना शस्त्राश्त्र लिएर विष्णुको साथ लिई लड्न थाले । त्यो देखी महाकाली पनि अग्नीका ज्वालाजस्तो तेज ज्वाला निकाली चतुर्षष्ठी योगिनी , भूत , प्रेत , पिशाच र पार्थगणले सहित भई दायाँ हातले खड्ग उठाई बैरीसित लड्न लागिन् । ठूलो वायु चल्दा टुक्राटुक्रा भई जसरी मेघ फाट्दछ त्यसरी नै महाकालीले देवता र दक्षसेनाहरुलाई दश दिशामा भगाइन् ।
त्यो देखी वीरभद्रको छाती ताकी विष्णुले कौमोदकी गदा प्रहार गर्नुभयो । त्यो गदा वीरभद्रको छातीमा लाग्यो र चोट सहन नसकी ती मूर्छा परे । त्यसपछि नन्दी , भृङ्गी , चतुर्षष्ठी योगिनी , भूत , प्रेत , पिशाच र प्रमथगणलाई विष्णुले पाञ्चजन्य शंखको शब्द गरी गदाले प्रहार गर्नुभयो । त्यसका चोटले कोही मूर्छा परी भूइँमा लडे । कोही भागाभाग गर्दैं परपर पुगे । देवता , यक्ष , गन्धर्व , किन्नरहरुले “ धन्य विष्णु जय होस् । जय होस् । ” भन्दै पुष्प वृष्टि गरे । यसरी देवता , यक्ष , गन्धर्व , किन्नर , दैत्य , नाग र दक्षप्रजापतिका सेनाहरुले “ धन्य विष्णु धन्य विष्णु ” भन्दै जयगान गरेको मूर्छामा रहेका महावीर वीरभद्रका कानमा शब्द परे जसले गर्दा उनको मूर्छा खुल्न गयो ।
उठेर हेर्दा आफ्ना सेनाहरु कोही भूमिमा लडेका , कोही भाग्दै गरेका देखी अत्यन्तै क्रोधित भई काल समानको त्रिशूल उठाई विष्णुलाई ताकी बेगले प्रहार गरे । त्यो गएर विष्णुका छात्तीमा वज्रन पुग्यो । जसको वेदना सहन गर्न नसकी त्यो रणभूमिमा लोटी विष्णु मूर्छा पर्नुभयो । यो देखी प्रलयकालको मेघ झैं गर्जी वीरभद्रले दक्षसेनामाथि जाइलागी कैयन देवताहरुको संहार गरे । कत्ति देवताहरु वीरभद्रको गर्जना सुनेर त्राहीत्राही भन्दै हाहाकार गर्दै जतापायो त्यतै भाग्न थाले । यस तरहको महासङ्ग्राम भएकाले दक्षप्रजापतिका सेनाहरुको नाश हुन गयो । महाकाली र वीरभद्रले देवताहरुमाथि जाइ लागी कसैका टुप्पी समाती पछारेर खड्ग प्रहार गरी मारे , कसैलाई मुड्कीले हिर्काएर मारे । चतुर्षष्ठी योगिनीले पनि कसैलाई निमोठेर मारे अनि कसैका कोखामा प्वाल पारेर मुख लगाई रक्तपान गर्न लागे त कसैलाई यज्ञमा होमेर मारे । देवताहरुका सेनाहरुको यसरी नाश भएकोले चरैतिर हाहाकार मच्चियो । वीरभद्रका सेनाले जयजयकार गरी आफ्नो विजयको सङ्केत दिन थाले ।
शिवगण कराएको शब्द सुनेर मूर्छामा परेका विष्णु विउँझनुभयो । माहाकाली र वीरभद्रले दक्षको यज्ञ विध्वंश गरी धेरै देवता र दक्षसेनाहरुको संहार गरेको देखी क्रुद्ध भएका विष्णुले भन्नुभयो स्–“ हे पापिष्ठ वीरभद्र मबाट आज तेरो प्राण लिई दक्षप्रजापतिको यज्ञ पूर्ण हुनेछ । अनि मात्र सम्पूर्ण देवताहरुले सन्तोष मान्लान् । अब एकादश महारुद्र आएर तेरो सहाय भएपनि रक्षा गर्न सक्ने छैनन् ।” भनी सारा दुष्टहरुको नाश गर्ने आफ्नो सुदर्शन चक्र देखाउनुभयो । विष्णुले भन्नुभएका यी कुराहरु सुनी क्रोधले पूर्ण भएका वीरभद्रले भने स्–“ हे विष्णु सम्पूर्ण दुष्टहरुको नाश गर्ने चक्र हो भनी मेरो पनि नाश गर्ने कुरा भनिस् । लौ अब तेरा भएभरका पराक्रम बटुलेर त्यो चक्र ममाथि प्रहार गर् । म पनि हेर्नेछु तेरो ताकत ”
वीरभद्रका यस्ता कुरा सुनेर झन् रिसाएका विष्णुले वीरभद्रलाई सुदर्शन चक्र प्रहार गर्नुभयो । त्यो सुदर्शन चक्र कोटी सूर्य जस्तो तेज र प्रलयकालका मेघको जस्तो गर्जनाको शब्द छोड्दै कालरुद्रकै रुपजस्तो भएर गयो । यस तरहले आफूतिर आउ्ँदै गरेको सुदर्शन चक्रलाई देखी नन्दी , भृङ्गी , चतुर्षष्ठी योगिनी , भूतप्रेत , पिशाच र प्रमथगणहरुले “त्राहीत्राही महादेव ” भन्दै महावीर वीरभद्र र महाकालीका शरणमा गए ।
समुन्द्र मन्थन गर्दा चौध रत्न मध्ये विषको रुपमा एक रत्न निस्किएर सारा नाश हुन लगेको देखी भगवान शिवले त्यो हलाहल विषलाई जसरी निल्नुभएको थियो त्यसरी नै त्यो चक्र आएको देखी वीरभद्रले मुख वाई दिँदा चक्र आएर मुखैमा पर्यो र निल्न ठीक पारे । त्यो देखी छिटो बेग गरी आएर विष्णुले वीरभद्रका मुखबाट झट्पट् गरी त्यो सुदर्शन चक्र झिकी अन्तध्र्यान हुनुभई वैकुण्ठलोक पुग्नुभयो ।
आगौं कथा अर्को अध्यायमा
इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां
दक्षसेवा वध वर्णन नामो सप्तमोअध्याय
श्री स्वस्थानी परमेश्वरीकी जय १ जय ११ जय १११
ॐ उपनयतु मंगलं वः सकलजगन्मङ्गलालय
श्रीमान् दिनकर–किरण निबोधित–नव–
नलिनदलनिभेक्षणः श्रीकृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो व्राम्हणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र
गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र
यत्राच्युतोदारकथाप्रसंग ।।
या कुन्देन्तुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।
या व्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा
बुध्यात्मनावाऽऽनुसृतेः स्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै
नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नम।