astrokhemmishra@gmail.com | 9767678383

प्रथम अध्याय :– सृष्टिक्रम तथा ब्रह्माण्ड वर्णन

श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।।
ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम स् ।।१।।
श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
कुमारजी आज्ञा गर्नुहुन्छ । हे १ अगस्त्य मुनि
          सृष्टिको क्रम र व्रम्हाण्डको वर्णन जुन छ उक्त पवित्र कथालाई श्री स्वस्थानी परमेश्वरीको महात्म्यका आधारमा म तिमीलाई सुनाउँछु । एकाग्र भई सुन । यो अनन्तकोटी व्रम्हाण्डका नायक सृष्टिकर्ता परमात्माले आफूलाई ३ देवताका रुपमा प्रकट गर्नुभयो । पहिले व्रम्हा सृष्टि गर्न , विष्णु पालन गर्न र महेश्वरलाई संहार गर्न बन्नुभयो । त्यसकारण उनै परव्रम्हका इच्छाबिना सृष्टि, स्थिति तथा संहार कुनै पनि केही हुन सक्दैन र उहाँकै इच्छा अनुसार यो संसारको सृष्टि, स्थिति तथा संहारका अनन्त चक्र चलिरहन्छन् ।
ब्रम्हमा, विष्णु र महेश्वर मध्ये विष्णु र महेश्वरको आयुको कुनै प्रमाण छैन । व्रम्हाको सयवर्षको आयु हुन्छ । उक्त सय वर्षको आयुमध्ये र्एकदिनमा विहान सृष्टि हुन्छ , दिउँसोदेखि रात नपरेसम्म स्थिति हुन्छ भने रात परेर निदाएको समय संहारको समय हो । सत्य, त्रेता , द्वापर तथा कलिकाल विहान, दिउँसो , साँझ र रात जस्तै हुन् । अनि व्रम्हाको सयवर्षमा महाप्रलय हुन्छ । फेरि परमात्माले अर्को व्रम्हा सृष्टि गर्नुहुन्छ र यसैक्रमले अनन्तकालसम्म सृष्टिकार्य चलिरहन्छ । व्रम्हा, विष्णु र महेश्वरमा विष्णु सत्व , व्रम्हा रजो तथा महेश्वर तमोगुणका हुन् । सृष्टिका लागि सबभन्दा पहिले पंचमहाभूत तत्वहरु मन, बुद्धि , शब्द, रुप , रस, गन्ध, काम, क्रोध , लोभ, मोह , मद , मात्सर्य आदि सृष्टि गरिसकेपछि मात्रै प्राणीको सृष्टि हुन्छ त्यसैले यी कराहरु सम्पूर्ण प्राणीमा व्याप्त हुन्छन् । सृष्टिका तत्वहरु कुनैपनि सजिव र निर्जिव हुँदैनन् । सबै सजिब नै हुन्छन् । विज्ञानले निर्जिव भनेका कुराहरु लगायत सबै कुराहरुमा व्रम्हा, विष्णु र महेश्वरहरु इलेक्ट्रोन , न्युट्रोन तथा प्रोटोन सरी घुमिरहेका हुन्छन् अनि यसरी घुम्नेक्रम सकिँदामात्र उक्त प्राणिको अन्त्य हुन्छ र सृष्टिका चक्रहरु पारगरिसकेपछि प्रलयको समयमा अन्त्य हुन्छ ।
          एउटा अण्डामा भित्री, बाहिरि आवरणहरु भएजस्तै पृथ्वी लगायत व्रम्हाण्डमा पनि यस्तै आवरणहरुका चक्रहरु हुन्छन् । त्यस्तै नवजातवालक मानवको शरीरमा पैदा हुँदा सम्पूर्ण चक्र पार गरिसकेपछि मानव वालक बने जसरी पृथ्वीमा सृष्टि हुँदा सरिसृप, उभयचर हुँदै मानवसम्म भएर कालान्तरपछि सृष्टिको विकास भएको हुन्छ । यो क्रम प्रत्येक मानवको गर्भ प्रक्रियामा अहिलेसम्म पनि उदाहरणको पढाइका रुपमा चलिरहेको हुन्छ र यो सृष्टिकै प्रमाण हो । त्यस्तै अण्डादेखि व्रम्हाण्ड यी दुई संख्याहरु मात्रै हुन् यस्ता उदाहरणका सँख्याहरु अनन्त हुन्छन् । त्यस्तै प्रकृति र पुरुष भएर सृष्टिको बृहत्तर संख्या बृद्धि भएको हुन्छ । चाहे स्त्री पुरुष, चाहे बीज माटो , चाहे आकर्षण विकर्षण , चाहे क्रिया प्रतिक्रिया यीसबै सृष्टिकै मूलभूत प्रकृया हुन् र परमात्मामा अनन्त पनि अटाउँछन् ।
          परमात्मा एक प्रकारले सबैभन्दा शूक्ष्म पनि हुन् तथा सबैभन्दा बिशाल पनि हुन् । यसका लायि परमात्माले अनन्त आकाश उदाहरण दिएका छन् । त्यसैले यो परमात्माको परिभाषाको वर्णन गर्न कोटी कोटी व्रम्हा, विष्णु महेश्वरले पनि सक्दैनन् । त्यसैले जति जति व्रम्हाण्ड छन् त्यत्ति त्यत्ति व्रम्हा, विष्णु र महेश्वर हुन्छन् त्यसैले परमात्मालाई कसैले आँक्न सक्दैनन् । यो सृष्टिक्रम भनेको निदाउँदाखेरी जतिपनि हामी देख्छौं पछि विउँझदा विलय भए जसरी मृत्युपछिको जीवनमा विउँझदै विउँझदै जान्छौं । निदाएको अवस्थामा सुख, दुःख, हर्ष ,विस्मात यी यावत जति प्राप्ती हुन्छन् त्यसलाई विउँझदा प्राप्त गर्न नसकेजस्तै मृत्युपछि पनिको जन्ममा त्यस्तै हुन्छन् । त्यसैले यो संसार सुख दुःखादी सपना झैं अनित्य छन् । त्यसैले यी सांसारिक कुराहरु सब मनका झमेला मात्रै हुन् । मूलकुरो परमात्मा जान्नु हो । त्यसैले विवेकी प्राणीको एकमात्र लक्ष्य मन , वचन र कर्मले ज्ञानद्वारा परमात्माको कार्यमा सघाउनु हो ।
इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां
व्रम्हाण्ड वर्णनं नामं प्रथमोअध्याय
श्री स्वस्थानी परमेश्वरीकी जय १ जय १ जय १
ॐ उपनयतु मंगलं वः सकलजगन्मङ्गलालय
श्रीमान् दिनकर–किरण निबोधित–नव–
नलिनदलनिभेक्षणः श्रीकृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो व्राम्हणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र
गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र
यत्राच्युतोदारकथाप्रसंग ।।
या कुन्देन्तुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।
या व्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा
बुध्यात्मनावाऽऽनुसृतेः स्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै
नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

 

सम्बन्धित समाचार