astrokhemmishra@gmail.com | 9767678383

द्वितीय अध्याय – पद्यकल्प तथा सतीदेवी उत्पत्ति वर्णन

                                                            श्री स्वस्थानी व्रत कथा 
श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।।
ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम स् ।।१।।
श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
कुमारजी आज्ञा गर्नुहुन्छ । हे १ अगस्त्य मुनि 
          पहिले यो संसारमा प्रलय भएर शूण्य बाहेक केही नभएको अवस्थामा महामायाका प्रभावले सबै ठाउँमा जलैजल थिए । फेरि महामायाका प्रभावले उक्त जल अनन्त क्षीर सागर भए । त्यसैबेला महामायाका प्रभावले परव्रम्ह परमेश्वर क्षीर सागरमाथि शेषनागमाथि सयन गर्नुभएको थियो । उक्त परव्रम्ह स्वरुप विष्णु भगवानको नाभीमा कमलको उत्पत्ति भयो र धेरै माथिसम्म डाँठ फुलेर हजारौ। पातहरु फक्रिएर फुल्दा त्यस पद्यकल्प कमलमाथि व्रम्हा उत्पन्न हुनुभयो । अनि व्रम्हालाई सृष्टि गरौं भन्ने प्रेरणा प्राप्त भयो । त्यसैबखत विष्णुको कानबाट कानेगुजी निस्कियो र त्यस कानेगुजी मधु र कैटभ नामका दैत्यहरु बने । ती दैत्यहरु यताउती हिँडडुल गर्दा जताततै पानी नै पानी देखे । अनि सोही कमलको डाँठबाट माथि उक्ले । कमलका पत्रहरु झार्दै व्रम्हाजीलाई खसाउने प्रयत्न गरिरहे । त्योदेखि डराएर व्रम्हाजीले महामायाको स्तुती गर्नुभयो ।
          महामायाले विष्णु भगवानलाई जागा गराइदिनुभयो । विष्णु भगवान जागा भइसकेपछि दैत्यहरुले व्रम्हालाई सताइरहेको देखेर त्यसो नगर्न विष्णु भगवानले आग्रह गर्नुभयो तर दैत्यहरु विष्णु भगवानमाथि जाइ लागे । त्यसपछि विष्णु भगवान र दैत्यहरु बीच पाँच हजार वर्षसम्म घोर घमासान युद्ध भयो तर कसैको पनि जित हार भएन । अनि विष्णु भगवानले हार मानी “हामी यसरी कत्ति लड्ने बरु तिम्रो इच्छा के छ वरदान माग” भन्नुभयो । तर मधु र कैटभ दैत्यहरुले अहंकारले “ तिमीले हामीसँग पो वरदान माग्नुपर्छ , के वरदान चाहियो रु ” भने । विष्णु भगवानले पनि “मागेको वर दिनुपर्छ ” भन्ने वाचा गराए । अनि “हे दैत्य हो मेरो हातबाट तिमीलाई मार्न पाऊँ ” भने । अनि दैत्यहरुले भने “ हे छलकपटी विष्णु , तैंले छल गरी वरदान मागिस् तर हामी वचनमा हार्दैनौं , तिम्रो इच्छा पूर्ण होस् तर हामीलाई जल नभएको ठाउँमा मार ।” भने । सम्पूर्ण ठाउँ जलामय मात्र भएकाले विष्णुले आफ्नै काखमा राखी मधु र कैटभलाई मारे । अनि व्रम्हाजीले पनि मघु र कैटभका शरीरका अङ्गहरुबाट स्थलहरु बनाउने उपाय प्रापत भयो ।
          पृथ्वी जस्ता आकारका लोकहरु बनाएर पर्वत , ढुङ्गा तथा अनेर्कौ बस्तुहरु बनाउनु भयो । एकमाथि अर्को लोकहरु गर्दै भूर्लोक , भूवर्लोक, स्वर्लोक , महर्लोक, जनलोक , तपोलोक ,र सत्यलोक गरी माथिका लोक मुन्तिर अर्कोको मुनि अर्को गदै अतल, वितल , सुतल, तलातल, महातल , रसातल र पाताल गरी सातलोक गरी चौध भूवनको सृष्टि बनाउँदै लैजानुभयो । अनि भूलोकका वरिपरि स्वायम्भूव मनु ज्योतिर्मय रथ चढेको उत्पत्ति भए र सोही रथको पाङ्ग्रा गुड्दै जाँदा पृथ्वीमा सात समुन्द्र र सात द्विप जम्बूद्विप , प्लक्षद्विप , शाल्मद्विप , कुशद्विप , क्रौञ्चद्विप , शाकद्विप र पुष्करद्विप त्यस्तै समून्द्रहरु क्षरोद , इक्षुरशोद , सुरोद , धृतोद , क्षीरोद , दधीमण्डोद र शुद्धोद बने ।
          प्रियव्रतकी पत्नी वर्हिष्मती पनि भए । उनीहरुबाट सातभाइ छोराहरु पनि उत्पत्ति भए । उनीहरुका छोराहरु क्रमशः आग्नीध्रले जम्बूद्विपको राज्य चलाए । यो द्विप क्षरोद समुन्द्रले घेरिएको छ । इध्मजिह्वले प्लक्षद्विपको राज्य चलाए । यो द्विप इक्षुर समुद्र उखुको रस समुन्द्रले घेरिएको छ । यज्ञबाहुले साल्मलीद्विपको राज्य चलाए । यो द्विप मदिराको समुन्द्रले घेरिएको छ । हिरण्यरेताले कुशद्विपको राज्य चलाए । यो द्विप घिऊको समुन्द्रले घेरिएको छ । धृतपृष्ठले क्रौंञ्चद्विपको राज्य चलाए । यो द्विप दूधको समुन्द्रले घेरिएको छ । मेधातिथिले शाकद्विपको राज्य चलाए । यो द्विप दधिमण्डोद मोहीको समुन्द्रले घेरिएको छ । वीतीहोत्रले प्ुष्करद्विपको राज्य चलाए । यो द्विप शुद्धोद समुन्द पवित्र जलले घेरिएको छ ।
          जम्बूद्विपको क्षेत्रफल एकलाख योजनको छ । यसमा नौ खण्डहरु भद्राश्व , हरि , केतुमाल , रम्यक , हिरण्मय , कुरु , किंपुरुष र भारत छन् । भारतखण्डमा गङ्गा , काशी , वागमती , नारायणी आदि गरेका पवित्र तीर्थहरु छन् । यसरी सबै द्विपहरुमा खण्डहरुका विभाजन गरिएका छन् । अष्ट पर्वतहरु सुमेरु , गन्धमादन , कैलाश , हिमालय , त्रिकूट , चित्रकूट , चन्द्रकुट र चन्द्रातक सृष्टि भए । अनि व्रम्हाजीले प्राणीको सृष्टि गर्न महादेवको तपस्या गरे । महादेवले पनि तथास्तु भनी वरदान दिए । तहाँ उप्रानत व्रम्हाजी सुमेरु पर्वतमा गए । त्यहाँ पुगी शिवलोक , विष्णुलोक , उमालोक , स्कन्दलोक आदिलोकहरु सृष्टि गरे । सुमेरु पर्वतको पूर्व – ऐरावती , पश्चिम – श्रद्धावती , उत्तर – अलकापुरी , दक्षिण – यमपुरी त्यस्तै ईशान – यशोमती , नैऋत्य– कृष्णावती , वायव्य – गन्धावती तथा आग्नेय दिशामा शुद्धावतीको सृष्टि गरे । त्यसपछि स्थावर जङ्गमको सृष्टि गरी प्राणीहरुको सृष्टि गर्न थाले ।
          कुमारको मुखारविन्दूबाट यी दिब्य कथाहरु सुनेर अगस्त्य मुनिले देवता , दैत्य तथा मनुष्यको कसरी सृष्टि भयो भनी मनसुवा गरी सुध्याए । अनि पार्वतीनन्दन कुमारजीले भने “ माथि कहिएका सय ऋषिहरु मध्ये ज्येष्ठ कष्यपका तेह्रवती स्त्री थिए । तिनीहरु द्विती , अद्विती , दनु , कारा ,सिँहिका , क्रोधा , प्राधा , वलिष्ठा , दिनता , कपिला , कद्रु र मनु नाउँका थिए । द्वितीका गर्भबाट हिरण्याक्ष , हिरण्यकशिपु जस्ता राक्षसहरु जन्मिए । अद्वितीबाट इन्द्र , चन्द्र , सूर्य आदि तेत्तीसकोटी देवता । दनुका गर्भबाट वृषवर्षा आदि दानवहरु । कारा र घोराबाट गन्धर्वहरु । सिँहिकाबाट राहु , क्रोधाबाट क्रोध र प्राधाबाट रम्भा आदि अप्सराहरुका जन्म भए । चराचुरुङ्गीहरु बलिष्ठाका गर्भबाट तथा विनताका गर्भबाट अरुण , गरुड आदि जन्मिए । कपिलाका गर्भबाट गाई , सिँह , हात्ती , मृग आदि भए । यस्ता प्रकारले देवता , दानव , ऋषि , यक्ष , गन्धर्व , किन्नर , राक्षश , अप्सरा , नाग , मनुष्य , पशु ,पञ्छी , कीट पतङ्ग , आकाशमा उड्ने , भुइँमा सुल्किने , पानीमा पौडने जलचर , स्थलचर , नभचर प्राणीको सृष्टि विकासक्रम सँगै विकास हुँदै उत्पत्ति हुँदै गए । अनि व्रम्हाजीले यिनीहरुलाई आहाराको लागि सप्त धान्यादि अनेकौं प्रकारका आहाराहरु विकासक्रम सँगै उत्पत्ति गर्दैरहे ।
          हे अगस्त्य मुनि प्रजापति जम्मा आठ थिए । तीनलाई अष्ट प्रजापती भनिए । जेष्ठको नाउँ दक्ष थियो उनलाई दक्षप्रजापति भनिए । तिनकी पत्नीको नाउँ विरणी थियो । तिनी गर्भवती भइन् । अनि वत्तीस लक्षणले युक्त भएकी कन्या जन्माइन् । उनै सतीदेवी भइन् । यसबारे अर्को अध्यायमा बताउनेछु ।
इति श्री स्कन्द पुराणे 
केदारखण्डे माघ महात्म्ये
श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां
पद्यकल्प तथा सतीदेवी उत्पत्ति वर्णनं नामं द्वितीय अध्याय 
श्री स्वस्थानी परमेश्वरीकी जय १ जय १ जय १
ॐ उपनयतु मंगलं वः सकलजगन्मङ्गलालय
श्रीमान् दिनकर–किरण निबोधित–नव–
नलिनदलनिभेक्षणः श्रीकृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो व्राम्हणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र
गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र
यत्राच्युतोदारकथाप्रसंग ।।
या कुन्देन्तुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।
या व्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा
बुध्यात्मनावाऽऽनुसृतेः स्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै
नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

 

सम्बन्धित समाचार