नोटः तपाईले दिएको जन्म मिति, जन्म समय र जन्म स्थानको आधारमा जन्म कुण्डली निर्माण गर्ने छु । जन्म कुण्डली निर्माण पछि तपाईलाई व्यक्तिगत परामर्श दिने छु, जसले गर्दा तपाईका प्रश्नहरुको उत्तर र जीवनलाई सकारात्मक बनाउन मद्दत गर्ने छ ।
नोटः कुण्डली मिलानको मुख्य उदेश्य भनेको जीवनसाथीको चयनमा सही निर्णय लिन मद्दत गर्नु हो । यो प्रकृया न केवल दाम्पत्य जीवनलाई सफल बनाउँछ, तर यसले जीवनका बिभिन्न पक्षहरुमा स्थिरता र खुसी ल्याउँछ । राम्रो संग मिलन भएका जोडीहरुको जीवनमा सामान्यतया कम संघर्ष र बढी सामञ्जस्यता हुन्छ । सहि ढंगले कुण्डलि मिलान नगरि बिवाह गरेको जोडिको जीवनमा अनेक समस्याहरु आईरहेको हुन्छ । तपाई पनि म संग प्रत्यक्ष भेटेर वा अनलाईनबाट कुण्डली मिलान गराउन चाहनुहुन्छ भने कृपया सम्पर्क गर्न सक्नुहुने छ ।
कुण्डली मिलान भनेको विवाहका लागि दुई व्यक्तिहरूको जन्म कुण्डलीहरूको तुलना गर्ने प्रक्रिया हो। यसमा, ज्योतिषाचार्यले दुवै पक्षको जन्म समय, स्थान र तिथिका आधारमा जन्म कुण्डलीको विश्लेषण गरेर दिमागी अनुकूलता, पारिवारिक जीवन, स्वास्थ्य, धन, र भविष्यका सम्भावनाहरूको मूल्याङ्कन गर्नुहुन्छ। यस प्रक्रिया मार्फत, सम्भावित जोडीको जीवनमा के कस्ता समस्याहरू आउन सक्दछन् र तिनीहरूका बीचको अनुकूलता कस्तो हुनेछ भन्ने कुरा पूर्वानुमान गरिन्छ।
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस् र केहि पनि नछुटाउनुहोस्