astrokhemmishra@gmail.com | 9767678383

नवमोे अध्याय :– पीठोत्पत्ति वर्णन I

                                                         श्री स्वस्थानी व्रत कथा
श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।।
ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम स् ।।१।।
श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
नवमो तथा दशमो अध्याय स्( पीठोत्पत्ति वर्णन
श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।।
ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम स् ।।१।।
श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
          कुमारजी आज्ञा गर्नुहुन्छ । हे १ अगस्त्य मुनि
तहाँउप्रान्त सतीदेवीको शवलाई श्री महादेवजीको पिठ्युँमा बोकी पृथिबी भ्रमण गरेको इन्द्रादि तेत्तीसकोटी देवताहरुले देखी वैकुण्ठमा गएर विष्णुसित विन्ती गरे स्– हे परव्रम्ह हजूर र महादेव नभए यो विश्व व्रम्हाण्डको रक्षा कोबाट होला रु यस बखतमा श्री महादेव दक्षप्रजापतिका यज्ञबाट सतीदेवीको मृत देहलाई पिठ्युँमा बोकी आफू पनि होश हराए झैं भएर पृथिवीमा भ्रमण गर्न लाग्नुभयो । जहिलेसम्म सतीदेवीको शरीर रहन्छ त्यो समयसम्म श्री महादेवले बोकेर हिँड्न छोड्नुहुने छैन । तसर्थ हे प्रभु  यसबारे हजूरबाट केही उपाय नभए हाम्रो र लोकको कल्याण छैन ।”
          इन्द्रादि देवताहरुका यी कुरा सुनेर भगवान विष्णुबाट आज्ञा भयो स्–“हे देवता हो तपाईंहरुले भलो कुरा सुनाउनु भयो । मैले सबै कुरा बुझेँ । अब म बेलैमा संसारको कल्याण हुने उपाय गर्छु । म आफ्नो मायाद्वारा माखाको उत्पत्ति गर्छु र सतीदेवीका शरीरका विभिन्न अङ्गमा औसाको सृष्टि गराउँछु , त्यसपछि ती अङ्गहरु सडेर पतन हुनेछन् । यसमा कुनै सन्देह नलिई तपाईंहरु आ–आफ्ना लोकमा जानुहोस् ।”
भगवान विष्णुको यो आज्ञा सुनेर इन्द्रादि देवताले मायापति विष्णुलाई भक्तिपूर्वक प्रणाम गरी आ–आफ्ना लोकमा जाँदा भए । तहाँ उप्रान्त श्री विष्णुका मायाद्वारा अनेकौं माखा सृष्टि भयो । ती माखा गएर सतीदेवीका विभिन्न अङ्गमा बसी औंसा पारिदिए । जसले गर्दा त्यो मृत शरीरका अङ्गहरु ठाउँठाउँमा खण्डखण्ड गरी पतन हुन थाले । यसरी जहाँजहाँ सतीदेवीका अङ्गहरु पतन हुँदै गए त्यहाँत्यहाँ एकएक पीठ उत्पत्ति भई पितामह व्रम्हाले एकएक स्वयम्भू लिङ्ग उत्पन्न गराउनुभयो । प्रत्येक पीठमा देवी , योगिनी र महादेवका स्वरुप रहन गए ।
          सर्वप्रथम नेपाल खण्डमा गुह्य पतन भयो । नेपाल पीठ , गुह्येश्वरीदेवी , चन्द्रघण्टा योगिनी , सिद्धेश्वर महादेव उत्पन्न भई शिवशक्ति स्वरुपले रहनुभयो । इन्द्रादि देवताले त्यो पुण्यभूमिमा आई तपस्या गरे । ईश्वरी गुह्येश्वरी देवी प्रशन्न हुनुभई देवतालाई सत्य , त्रेता , द्वापर र कलियुगमा तेत्तीसकोटी देवताका नामले प्रख्यात होऊ भनी वरदान दिनुभयो । ।।१।।
त्यसपछि सेना भन्ने ठाउँमा पुग्दा मुकुट पतन भयो । सेना पीठ , उमादेवी , अष्टवक्रा योगिनी , कोकेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा आदित्यादि नवग्रह आई तपस्या गरे । ईश्वरी प्रशन्न हुनुभई के वरदान माग्छौ माग भन्नुभयो । यो सुनी हर्षित भएका आदित्यादि नवग्रहले जगतका हानीलाभको अधिकार मागे । ईश्वरी उमादेवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। २ ।।
त्य          सपछि कामरुपमा पुगेपछि छाती पतन भयो । कामरुप पीठ , कामाक्षादेवी , कर्ता योगिनी , चक्रेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यो पूण्यभूमिमा यक्षगणआई तपस्या गरे । ईश्वरी कामाक्षादेवी प्रशन्न भई यक्षले रोजेको वर स्वर्ग , मत्र्य र पाताल तीनै लोकमा यक्षगणका नामले प्रख्यात होऊ भनी वरदान दिनुभयो । ।। ३ ।। त्यसपछि पौरबन्दरमा पुग्दा दाहिने कान पतन भयो । पौरबन्द पीठ , अम्बिकादेवी , चन्द्रवेशा योगिनी, धनेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यो सिद्धभूमिमा दैत्यगण आई तपस्या गरे । ईश्वरी अम्बिकादेवी प्रशन्न भएर दैत्यगणले मागेको वर देवगणलाई जित्न सके भनी वरदान दिनुभयो । ।।४।।
          त्यसपछि काश्मिरमा पुग्दा जिभ्रो पतन भयो । काश्मिर पीठ शारदादेवी , घोरघण्टा योगिनी , धर्मधारेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस सुन्दर भूमिमा किन्नर गण आई तपस्या गरे । ईश्वरी शारदादेवी प्रशन्न हुनुभई मनोकामना पूर्ण हुने वरदान दिनुभयो । ।।५।। फेरि कन्नौजमा पुग्दा देहचर्म पतन भयो । कान्यकुब्ज पीठ , झंकेश्वरीदेवी , चन्द्रा योगिनी र दुग्धेश्वर महादेव उत्पत्ति हुनुभई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस मोक्षभूमिमा लङ्काको अधिपति रावण आई तपस्या गरे र ईश्वरी झंकेश्वरीदेवी प्रशन्न हुनुभई देवलोक जित्न सकोस् भनी वरदान दिनुभयो । ।।६।।
फेरि सतीदेवीको मृतदेहलाई पीठमा लिई श्री महादेव पूर्णगिरीमा पुगे । त्यहाँ सतीदेवीको वायाँ आँखा पतन भयो । पूर्णगिरी पीठ , पूर्णदेवी कपालकुण्डला योगिनी , चन्द्रशेखर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस उमङ्ग र हर्षभूमिमा गन्धर्व गण आई नृत्य र गायन आदि गरेर तपस्या गरी सन्तुष्ट भएका ईश्वरी पूर्णदेवीबाट इन्द्रका अगाडि कहिल्यै नचुक्ने वरदान पाए । ।। ७ ।। फेरि एकावीरमा पुगेपछि देव्रेपट्टिका नङ पतन भए । एकावर पीठ , सिद्धेश्वरीदेवी , सिद्ध योगिनी , दधीश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस रत्नभूमिमा कर्णवीर आदि श्मशान आई तपस्या गरे । ईश्वरी सिद्धेश्वरीदेवी प्रशन्न हुनुभई मृतकहरुको दाह गर्न सके भनी वरदान दिनुभयो । ।। ८ ।। त्यहाँपछि भृगुक्षेत्रमा पुग्दा माथिल्लापट्टिका दाँतहरु पतन भए । भृगु पीठ , मीनाक्षीदेवी , वज्रदेवी योगिनी सत्येश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा धर्मदत्त राजा आएर योग मार्गले तपस्या गरे । ईश्वरी मीनाक्षीदेवी प्रशन्न हुनुभई तिमीलाई कसैले पनि जित्न नसकुन् भनी वरदान दिनुभयो । ।। ९ ।।
त्यसपछि चन्द्रपुरमा पुग्दा दायाँ आँखा पतन भयो । चन्द्रप्ुर पीठ , सिद्धकालीदेवी ,सिद्धि योगिनी , र प्रकाशेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस सिद्धभूमिमा दशदिक्पाल आई तपस्या गरे । प्रशन्न भएकी ईश्वरी सिद्धकालीले तिमीहरुको आफ्नो दिक् स्थिति स्थिर रहोस् भनी वरदान दिनुभयो । ।। १० ।।  फेरि श्रीमा पुग्दा तालु पतन भयो । श्री पीठ भद्राक्षीदेवी , भद्रा योगिनी , कमलेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस भद्रभूमिमा अष्टवसु आई पूजा र तपस्या गरे । प्रशन्न भएकी ईश्वरी भद्राक्षीदेवीले तिमीहरुको इच्छा सिद्धि होस् भनी वरदान दिनुभयो । ।। ११ ।।
          फेरि जालन्धरमा पुगी तल्लो ओठ पतन भयो । जालन्धर पीठ , जालपादेवी , ज्वालामुखी योगिनी , पिशाचेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा कामधेनु गाई आई नित्य दूध धारा चढाई तपस्या गरिन् । देवी प्रशन्न भएर वर माग भन्नुभयो । अनि कामधेनुले आफ्नो दूध र मलमूत्र पवित्र होओस् भनी मागिन् । इश्वरी जालपादेवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। १२ ।।
त्यहाँबाट कुशलान्तकमा पुग्दा शिरको केश पतन भयो । कुशलान्तक पीठ , श्मशान कालीदेवी , भूतघण्टा योगिनी , क्षारेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस सिद्धभूमिमा अश्विनी अदि सत्ताइस नक्षत्रहरु आई तपस्या गरे । श्मशान कालीदेवी प्रशन्न हुनुभई वरदान लेऊ भन्नुभयो । ज्योतिष शास्त्र हाम्रो अधिनमा रहोस् भनी नक्षत्रहरुले माग्दा ईश्वरीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। १३ ।।
फेरि गोकर्णमा पुग्दा वायाँ कान पतन भयो । गोकर्ण पीठ , भैरवीदेवी , एकजंघा योगिनी , यज्ञेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस तपोभूमिमा विष्कुंभादि योग आई तपस्या गरे । भैरवीदेवी सन्तुष्ट भई वर माग भनी आज्ञा दिनुभयो । ज्योतिषशास्त्र हाम्रा अधिनमा रहोस् भनी योगहरुले वर मागे । ईश्वरीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। १४ ।।
          प्रतिदिन गलित हुँदै गरेकी सतीदेवीलाई पिठ्युँमा बोकेका श्री महादेव अट्टहास पुगेपछि तल्लापट्टिका दाँत पतन भए । अट्टहास पीठ , भ्रामरीदेवी , शंखधरा योगिनी , सप्त भूतेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा वागमती , गङ्गा आदि नदिहरु आई जलार्पण गरी भक्ति साथ तपस्या गरे । देवी प्रशन्न हुनुभई इच्छित वर माग भन्नुभयो र पुण्यतोया नदिहरुले भुक्तिमुक्ति दिने अधिकार हामीलाई प्राप्त होस् भनी वर मागे । ईश्वरी भ्रामरीदेवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। १५ ।।
          त्यहाँबाट ॐकारेश्वरमा पुग्दा माथिल्लो ओठ पतन भयो । ॐकार पीठ , मातृकादेवी , पूर्णोदर योगिनी , सन्तानेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस मोक्षभूमिमा कल्पवृक्ष आई नाना फलफूल चढाई तपस्या गरे । प्रशन्न भएकी ईश्वरीले वरदान माग भनेको सुनी कल्पवृक्षले चिताएको वस्तु फलाउन सकौं भनी मागे । ईश्वरी मातृकादेवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। १६ ।। फेरि उड्डिीयानमा पुग्दा शिरका केही भाग पतन भए । उड्डियान पीठ , विमला देवी , पिङ्गला योगिनी , यज्ञेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा हनुमान आई तपस्या गरे । श्री रामको सेवक हुन पाई लंका डढाउन सकुँ भनी वरदान माग्ने इच्छा भएका हनुमानबाट प्रशन्न भएकी विमलादेवी ईश्वरीले तिम्रो मनोकामना पूर्ण होस् भनी वरदान दिनुभयो । ।। १७ ।। त्यहाँबाट मलयगिरीमा पुग्दा आसन पतन भयो । मलयागिरी पीठ , वज्रेश्वरी देवी , कोमला योगिनी , जागेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा सत्यले तपस्या गरे । ईश्वरी प्रशन्न हुनुभई वरदान माग भन्नुभयो । सत्यमा जो रहला त्यसको उद्धार गर्न सकुँ भनी सत्यले वरदान माग्दा वज्रेश्वरी देवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। १८ ।। त्यसपछि वाराणसीमा पुग्दा फेरि शिर पतन भयो । काशि पीठ , विशालाक्षीदेवी , शंकटा योगिनी , विश्वेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा गन्धर्वगण आई तपस्या गरे । ईश्वरी विशालाक्षीदेवी प्रशन्न हुनुभई गन्धर्वगणले मागेका वाक्सिद्धि होस् भनी वर दिनुभयो । ।। १९ ।।
त्यहँपछि कामरोष्ठमा पुगेपछि सतीदेवीको घाँटी पतन भयो । कामरोष्ठ पीठ , कामिनीदेवी , कालेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा गई भूमिले तपस्या गरिन् । ईश्वरी कामिनीदेवी प्रशन्न हुनुभई स्थान होऊ भनी भूमिलाई वरदान दिनुभयो । ।। २० ।।
          श्री महादेव फेरि चामुण्डाचलमा पुगे । त्यहाँ सतीदेवीको दाहिनेपट्टिका नङ पतन भए । चामुण्डाचल पीठ , प्रकंपनीदेवी , कालिका योगिनी र इच्छा विकारेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस सिद्धभूमिमा नारद ऋषि आई तपस्या गरे । ईश्वरी प्रकंपनीदेवी प्रशन्न भई तिम्रो वाक्य सिद्ध होस् भनी वरदान दिनुभयो । ।। २१ ।। त्यसपछि अष्टातकमा पुग्दा दाहिने हात पतन भयो । अष्तातक पीठ , कर्तेश्वरीदेवी , एकाक्षी योगिनी , निद्रापतिश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस मोक्षभूमिमा राधिकागण आई तपस्या गरे । सधैंभरि श्रीकृष्ण दाहिना होउन् भनी वरदान कर्तेश्वरीदेवीबाट तिनले पाए । ।। २२ ।।
त्यहाँबाट सतीदेवीलाई त्रिश्वेतमा पुर्याउँदा उनको मलद्वार पतन भयो । त्रिश्वेत पीठ , महाकालेश्वरीदेवी , विकट दन्ता योगिनी , त्रिपुरेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस शुद्धभूमिमा यमराज आई निष्ठापूर्वक तपस्या गरे । प्रशन्न भएकी महाकालेशवरीदेवीले व्रम्हाको सृष्टिलाई संहार गर्न सके भनी वरदान दिनुभयो । ।। २३ ।। फेरि कैलाशमा पुगेपछि दाहिने पाउ पतन भयो । कैलाश पीठ , पार्वतीदेवी , अम्बिका योगिनी , विश्वम्भेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस सिद्धभूमिमा चतुरानन श्री व्रम्हा आई यज्ञ यज्ञादिद्वारा तपस्या गरेको देखी प्रशन्न हुनुभई ईश्वरी पार्वतीदेवीले तीनलोकको सृष्टिकर्ता हुने इच्छित वर दिनुभयो । ।। २४ ।। फेरि केदारमा पुग्दा वायाँ हात पतन भयो । केदार पीठ , केदारेश्वरीदेवी , मुण्डा योगिनी , कोटेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा एकादश रुद्र आई योगमार्गले तपस्या गरी केदारेश्रदेवीलाई प्रशन्न गराई एकादश रुद्रको बराबरी एकसमान तेज हुने वरदान प्राप्त गरे । ।। २५ ।।
          त्यहाँबाट श्री महादेवले सतीदेवीको गल्दै गरेको शरीर बोकेर एकावीर पुगे । त्यहाँ सतीदेवीको नाभी पतन भयो । एकावीर पीठ , एकावीरा देवी , गोरक्षा योगिनी , हाटकेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा नागहरु आई नानारत्न र मणि आदि रत्नहरु चढाई तपस्या गरे । ईश्वरी एकावीरादेवी प्रशन्न हुनुभई वरदान माग भन्नुभयो र नागहरुले सप्तपातालको अधिपति हुन पाऊँ भनी वर मागे । ईश्वरीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। २६ ।।
इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां
पीठोत्पत्ति वर्णन नाम नवमोअध्याय
श्री स्वस्थानी परमेश्वरीकी जय १ जय ११ जय १११
ॐ उपनयतु मंगलं वः सकलजगन्मङ्गलालय
श्रीमान् दिनकर–किरण निबोधित–नव–
नलिनदलनिभेक्षणः श्रीकृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो व्राम्हणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र
गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र
यत्राच्युतोदारकथाप्रसंग ।।
या कुन्देन्तुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।
या व्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा
बुध्यात्मनावाऽऽनुसृतेः स्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै
नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वय नमो नम।

 

सम्बन्धित समाचार