मैले प्रदान गर्ने विभिन्न सेवाहरू
मैले प्रदान गर्ने विभिन्न ब्लगहरू
मेरो नाम खेमराज मिश्र हो । म विगत करिब १५ वर्षदेखि वैदिक ज्योतिष शास्त्रको अध्ययन, अनुसन्धान तथा व्यवहारिक अभ्यासमा निरन्तर रूपमा संलग्न छु । मेरो जन्म डोटी जिल्लाको साविक चवारा चौतारा गाविस वडा नं. ४, खत्याडीमा भएको हो भने हाल म कैलालीको धनगढीमा स्थायी रूपमा बसोबास गर्दै आएको छु । यसका साथै काठमाडौं–१०, बुद्धनगरमा अवस्थित “मिश्र ज्योतिष सेवा तथा अनुसन्धान केन्द्र” मार्फत म नियमित रूपमा ज्योतिषीय सेवा प्रदान गर्दै आएको छु ।
मैले फलित ज्योतिष विषयमा स्नातकोत्तर (एम.ए.) अध्ययन पूरा गरेको छु र हाल वैदिक ज्योतिष शास्त्रमै विद्यावारिधि (PhD) अध्ययनरत छु । वैदिक शास्त्र, परम्परा तथा शुद्ध गणनामा आधारित भएर जन्मकुण्डली विश्लेषण गर्नु, तथा त्यसका माध्यमबाट जीवनका विविध पक्ष—जस्तै शिक्षा, करियर, विवाह, स्वास्थ्य र आर्थिक अवस्थाबारे स्पष्ट, व्यवहारिक र मार्गदर्शक सुझाव दिनु मेरो मुख्य कार्यक्षेत्र हो ।
जन्मकुण्डली विश्लेषणसँगै म वास्तुशास्त्र, हस्तरेखा तथा अन्य सहायक ज्योतिषीय विधिहरूमा...
मैले प्रदान गर्ने विभिन्न सेवाहरू र प्रस्तावहरू अन्वेषण गर्नुहोस्
नोटः तपाईले दिएको जन्म मिति, जन्म समय र जन्म स्थानको आधारमा जन्म कुण्डली निर्माण गर्ने छु । जन्म कुण्डली निर्माण पछि तपाईलाई व्यक्तिगत परामर्श दिने छु, जसले गर्दा तपाईका प्रश्नहरुको उत्तर र जीवनलाई सकारात्मक बनाउन मद्दत गर्ने छ ।
नोटः कुण्डली मिलानको मुख्य उदेश्य भनेको जीवनसाथीको चयनमा सही निर्णय लिन मद्दत गर्नु हो । यो प्रकृया न केवल दाम्पत्य जीवनलाई सफल बनाउँछ, तर यसले जीवनका बिभिन्न पक्षहरुमा स्थिरता र खुसी ल्याउँछ । राम्रो संग मिलन भएका जोडीहरुको जीवनमा सामान्यतया कम संघर्ष र बढी सामञ्जस्यता हुन्छ । सहि ढंगले कुण्डलि मिलान नगरि बिवाह गरेको जोडिको जीवनमा अनेक समस्याहरु आईरहेको हुन्छ । तपाई पनि म संग प्रत्यक्ष भेटेर वा अनलाईनबाट कुण्डली मिलान गराउन चाहनुहुन्छ भने कृपया सम्पर्क गर्न सक्नुहुने छ ।
कुण्डली मिलान भनेको विवाहका लागि दुई व्यक्तिहरूको जन्म कुण्डलीहरूको तुलना गर्ने प्रक्रिया हो। यसमा, ज्योतिषाचार्यले दुवै पक्षको जन्म समय, स्थान र तिथिका आधारमा जन्म कुण्डलीको विश्लेषण गरेर दिमागी अनुकूलता, पारिवारिक जीवन, स्वास्थ्य, धन, र भविष्यका सम्भावनाहरूको मूल्याङ्कन गर्नुहुन्छ। यस प्रक्रिया मार्फत, सम्भावित जोडीको जीवनमा के कस्ता समस्याहरू आउन सक्दछन् र तिनीहरूका बीचको अनुकूलता कस्तो हुनेछ भन्ने कुरा पूर्वानुमान गरिन्छ।
यी हाम्रा ग्यालरीहरू हुन्, जहाँ तपाईं तस्बिरहरूको सङ्ग्रह अन्वेषण गर्न सक्नुहुन्छ
यी हाम्रा ग्यालरीहरू हुन्, जहाँ तपाईं तस्बिरहरूको सङ्ग्रह अन्वेषण गर्न सक्नुहुन्छ
हाम्रा ग्राहकहरू हाम्रा सबैभन्दा ठूलो समर्थक हुन्। तिनीहरूले हामीलाई के सोच्छन्?
मसँग भेटघाटको व्यवस्था गर्न निर्देशनहरू हेर्नुहोस्
काठमाण्डौ–१० बुद्धनगर
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस् र केहि पनि नछुटाउनुहोस्