astrokhemmishra@gmail.com | 9767678383

ज्योतिष शास्त्रमा ‘बार’ को महत्व र बारले दिने शुभ/अशुभ फल

बार परिचय                                  ज्योतिषाचार्य खेम मिश्र
          पञ्चाङ्गको पाँच अङ्ग मध्ये बार पनि एक हो । बोलीचालिको भाषामा बारलाई ‘दिन’ भनेर पनि भन्ने गरिन्छ । ज्योतिष शास्त्रमा बार(दिन)को सुरुवात बिहान सूर्योदय भएपछि सुरु हुन्छ र अर्को दिनको बिहान सूर्योदय नभएसम्म त्यहि दिन कायम रहन्छ । जब अर्को दिन सूर्योदय हुन्छ तब अर्कोबारको सुरुवात हुन्छ । एउटा बारको जम्मा अवधि २४ घण्टाको हुन्छ अर्थात ६० घडीको हुन्छ । सूर्योदयको समयमा जुन ग्रहको पहिलो होरा हुन्छ त्यसै ग्रहको नामबाट त्यसदिनको बारको नामाकरण गरिएको हुन्छ । जस्तै, आईतबार सूर्य ग्रहको पहिलो होरा हुन्छ त्यसैले त्यस दिनको नाम सूर्य ग्रहको नामबाट रविबार अर्थात राखिएको हो । सृष्टिको प्रारम्भमा हाम्रो ऋषिको पहिलो दृष्टि सूर्य ग्रहमा प¥यो त्यसैले पहिलो दिन सूर्यको नामबाट आईतबार रहेको भनेर शास्त्रहरुमा व्याख्या गरेको पाईन्छ । यसै क्रम अनुसार अर्को दिनमा चन्द्र, मंगल, बुध, वृहस्पति, शुक्र, शनि ग्रहको नामबाट बारको नाम राखिएको हो । ७ वटा ग्रहको नामबाट ७ वटा बारको नामाकरण गरिएको पाईन्छ । 
          ज्योतिष शास्त्रमा बारको निकै ठूलो महत्व छ । हरेक शुभ/अशुभ कार्यका लागि बारले प्रभावित पार्दछ । शुभ बारमा शुभ कर्म गरिन्छ भने अशुभ बारमा अशुभ कर्मका लागि महत्व राख्दछ । व्यक्तिले कुन बारमा कस्तो कर्म ग¥यो त्यसै अनुसार फल प्राप्त हुने ज्योतिषाचार्यहरुको भनाई रहेको छ । यो लेखमा भने कुन बार जन्मेका व्यक्तिको कस्तो हुन्छ भनेर जानकारी दिन गईरहेको छु । अब जानौ सात वटा बार मध्ये कुन कुन बारमा जन्मेको व्यक्ति कस्तो हुन्छ ? 
१. आईतबार (Sunday)   :   आईतबार जन्म भएको व्यक्ति अधिक पित्त वाला, कार्य क्षेत्रमा निपूर्ण, तेजस्वी, उग्र प्रकृति भएको, झगडालु, दानी र महात्साही हुने गर्दछ । 
२. सोमबार(Monday)   :  जुन व्यक्तिको जन्म सोमबार भएको छ त्यस्तो व्यक्ति सबैको प्रिय हुने गर्दछ । उक्त व्यक्ति बुद्धिमान, राज्यबाट सुख भोग गर्नेवाला, सर्वगुणी, कृतज्ञ एवम् परोपकारी हुने गर्दछ । 
३. मंगलबार( Tuesday)   :  मंगलबार जन्म भएको व्यक्ति दीर्घायु हुने गर्दछ । यस्तो व्यक्ति बलशाली, सेना प्रमुख, प्रशासक, दाजुभाईमा प्रेम भाव राख्नेवाला, खर्चालु एवम् कठोर प्रकृतिको हुने गर्दछन् । मंगलबार जन्म भएको व्यक्ति पृथकतावादी हुने गर्दछन् । 
४. बुधबार(Wednesday)  :  बुधबार जन्म भएको व्यक्ति तिष्ण बुद्धि भएको । बोल्ने र लेख्ने कलामा निपूर्णता भएको, विद्धान, सुन्दर, धनवान हुने गर्दछन् । बुधबार जन्म भएको व्यक्ति लोकप्रिय हुने शास्त्रमा उल्लेख गरेको छ । 
५. बिहीबार (Thursday)  :  बिहीबार जन्म भएको व्यक्ति धनी, विद्धान, विवेकी, आकर्षक, शास्त्रको ज्ञान राख्नेवाला, आध्यात्मिक, सभामा बोल्ने वाला, बिभिन्न लेख एवम् कृतीको रचना गर्नेवाला हुने गर्दछन् । बिहीबार जन्म भएको व्यक्ति स्वतन्त्र एवम् बिचारक हुने गर्दछन । 
६. शुक्रबार(Friday)   :  शुक्रबार जन्म भएको व्यक्ति चंचल, देवता संग वैर भाव राख्नेवाला, धनी, बिभिन्न धु्रत खेल खेल्नेवाला, बुद्धिमान, कामुक, धेरै बोल्नेवाला एवम् सुन्दर हुने गर्दछन् । 
शनिबार (Saturday)   : शनिबार जन्म भएको व्यक्ति दृढ वाणि(बोली) भएको हुन्छ । यस्तो व्यक्ति पापी, दुखित चित्तवाला, पराक्रमशील, अधोदृष्टि राख्नेवाला, दृढप्रतिज्ञा भएको, वृद्ध स्त्री÷पुरुषसंग अवैध सम्बन्ध राख्नेवाला हुन्छ । 
          यस्तै जुन व्यक्तिको जन्म दिनमा भएको छ भने त्यस्तो व्यक्ति धर्मले युक्त, अधिक सन्तानवाला अधिक भोग गर्ने वाला, सर्वदा स्त्रीसंँग रहनेवाला, अधिक कामचेष्टाबाट पीडित अंगवाला, बुद्धिमान, सुन्दर आकृति वाला हुने गर्दछन् । 
          रात्रिमा जन्म भएको व्यक्ति कम बोल्ने वाला, अधिक कामुक, क्षय रोगी एवम् अन्य दीर्घ रोगी, अधिक मलिन हृदयवाला, पापात्मा र लुकेर पाप कर्म गर्नेवाला हुने गर्दछन् ।   
   (लेखक फलित ज्योतिषमा विद्यावारिधी गर्दै हुनुहुन्छ)  

 

 



 

सम्बन्धित पोस्ट